Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारले भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गर्यो: रास्वपा


    शुक्रबार, साउन ९ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणको गाम्भीर्यतालाई नबुझेर डिसमिस गर्न सरकार लागिपरेको आरोप लगाएको छ ।

    आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विनीता कठायतले टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजेको आरोप लगाइन् । साथै उनले भिजिट भिसा प्रकरणले छिमेकी राष्ष्ट्रहरुको समेत ध्यान तानेको बताइन् ।

    ‘हामीले सरकारको यो कुटिल कदमलाई अस्वीकार गर्दै उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति नै माग गरेको छ,’ उनले भनिन्, ‘यो अन्तर्राष्ट्रिय अपराधमा अब राष्ट्रसङ्घ मात्रै होइन मित्र राष्ट्रको पनि चासो बढेको छ । छिमेकी भारतकै मिडियामा समेत यो विषयले प्रवेश पाइसकेको छ ।’

    उनले भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरेको सरकारले मानव तस्करीलाई पनि मौलिन दिएको आरोप लगाइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार