Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ नोट छाप्न राष्ट्र बैंकद्वारा टेन्डर आह्वान


    शुक्रबार, साउन ९ २०८२
    730
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि टेन्डर आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जानकारी दिएको हो ।

    बैंकले पूर्वयोग्यता सेक्युरिटी प्रिन्टरहरूबाट बोलपत्र मागेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत नोटको डिजाइन, छपाइ, आपूर्ति तथा डेलिभरीका लागि यो ठेक्का खुलाइएको हो ।

    इच्छुक पूर्वयोग्य सूचीमा रहेका कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ को दिउँसो १२ बजेभित्र आफ्नो बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बुझाइसक्नु पर्ने सूचनामा उल्लेख छ । बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार