काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छिन् ।
आज (शुक्रबार) दिउँसो ३ बजे कार्की बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले आफैंले ल्याएको ७० बर्ष उमेर हद र २ कार्यकालपछि नेतृत्वबाट बाहिरिने नीतिको बिरुद्ध तेस्रो कार्यकाल पनि अध्यक्ष हुन खोजेको र त्यसमा पूर्वराष्ट्रपति भण्डारी बाधक देखेपछि केन्द्रीय कमिटी बैठकबाटै उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउने गरी पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरिएको जनाइएको छ ।
संविधान र पार्टी विधानका विभिन्न धारा देखाउँदै एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको छ । पूर्व राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किन अशोभनीय हुने एमालेको निष्कर्ष छ ।
यता पूर्व राष्ट्रपति भण्डारीले आफू अघि बढिसकेकाले खुट्टा नकमाउने बताइसकेकी छन् । नेकपा एमालेको केन्द्रीय कमिटीले सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णयपछि पूर्व राष्ट्रपति भण्डारीले भावी योजनाका बारेमा केही दिनमै आफ्नो धारणा सार्वजनिक गर्ने बताएकी थिइन् ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend