Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै


    शुक्रबार, साउन ९ २०८२
    565
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ ।

    बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्न लागेको हो ।

    काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

    बैठकमा भूमि विधेयक, निजामती विधेयकको कुलिङ अफ पिरियड लगायतमा छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार