काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै गणतन्त्र स्थापनापछि नेपाल महत्त्वपूर्ण चरणमा प्रवेश गरेको बताएकी छिन् । उनले नेपाल अब समृद्धिको यात्रामा अघि बढेको उल्लेख गरिन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले नेपालले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउँदै उनले अब देश आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको विचार व्यक्त गरिन् । उनले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै लगानीको दिगो परिचालनमा ध्यान केन्द्रित गर्न सुझाइन् ।
साथै, आर्थिक विकासका लागि सरकारले अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ । भण्डारीले हालको समय आर्थिक विकासका लागि अत्यन्त अनुकूल रहेको बताउँदै उर्वर कृषि भूमि, जलस्रोत र खनिजको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिइन् ।
उनले रुग्ण उद्योगको पुनः सञ्चालन, प्राकृतिक र सांस्कृतिक सम्पदालाई आधार बनाएर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताइन्। स्वदेशी सीप र प्रविधिको प्रयोगलाई आर्थिक उन्नतिका लागि अपरिहार्य ठान्दै उनले नेपाली पूँजी र अन्य लगानीलाई आकर्षित गर्न विश्वसनीय लगानीको वातावरण बनाउन दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने सुझाइन् ।
साथै, उनले छिमेकी देशहरूको सहयोग र नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा पुर्याउन आवश्यक रहेको बताइन् । उनले युवापुस्ताको उद्यमशीलताको भावनालाई कदर गर्दै स्वदेशमै आर्थिक समृद्धिको खाका कोर्नुपर्नेमा जोड दिइन् । स्वदेशमा सम्भावना छ भन्ने आत्मविश्वास जगाउन सरकारी, निजी र सामुदायिक क्षेत्रको सहकार्यमा लगानीको वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend