सर्लाही । सर्लाहीको मलङ्गवा भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न फेरि असफल भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले ५८ करोड ७६ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा केवल ५३ करोड ७३ लाख १७ हजार ९७६ रुपैयाँ २ पैसा मात्र संकलन गर्न सफल भएको हो ।
कार्यालयका प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यका अनुसार कुल लक्ष्यको ९१.४३ प्रतिशत राजस्व मात्रै उठाइएको छ । अघिल्लो दुई वर्षको तुलनामा यो वर्षको सङ्कलन दरमा केही सुधार देखिए पनि अपेक्षाअनुसार प्रगति हुन नसकेको उनले बताए ।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा ७२.२५ प्रतिशत र २०७९/८० मा ५२.९८ प्रतिशत राजस्व मात्रै सङ्कलन भएको थियो ।
प्रमुख अधिकृत आचार्यका अनुसार अग्रिम आयकर खारेजीको असरले लक्ष्यअनुसार राजस्व उठाउन कठिन भएको हो । “बजेट वक्तव्यमा अग्रिम आयकर खारेज भएसँगै आयात हुने वस्तुको संख्या घटेको छ, जसले राजस्व सङ्कलनमा प्रत्यक्ष असर पारेको छ,” उनले भने ।
भारतसँगको खुला सीमाले तस्करी नियन्त्रण गर्न कठिन भएको र त्यसकै असर राजस्व सङ्कलनमा परेको कर्मचारीहरू बताउँछन् ।
मलङ्गवा नाका हुँदै भारतबाट विशेष गरी धान, आलु, प्याजजस्ता खाद्यवस्तुहरू आयात हुने गर्छन् । तर, नेपालबाट प्लाइ र केही सीमित सामग्री मात्र भारततर्फ निकासी हुने गरेको कार्यालयले जनाएको छ ।
यसरी, तस्करी, कर प्रणालीमा आएको परिवर्तन र निकासीको न्यून दरले सर्लाही भन्सार कार्यालयलाई निरन्तर लक्ष्य भित्र पुर्याउन चुनौती बनिरहेको देखिन्छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend