काठमाडौं । नेपालको राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर सूचीमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले २०२५ का लागि जारी गरेको सूचीमा नेपाल ९५औं स्थानमा छ। ९९ वटा सूचीमध्ये नेपाल र लिविया ९५औं स्थानमा परेको हो।
नेपालभन्दा पछाडि यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया अन्तिममा अफगानिस्तान रहेका छन्। कमजोर सूचीमा नेपालसँगै बंगलादेश, इरिट्रिया, प्यालेनस्टीयान टेरोटेरी, उत्तर कोरिया, सुडान र श्रीलंका रहेका छन्। दक्षिण एसियाली मुलुकमध्ये भुटान ८४औं, भारत ७७औं र माल्दिभ्स सबैभन्दा माथि ५३औं स्थानमा रहेको छ।
त्यस्तै शक्तिशाली राहदानीको नम्बर १ मा सिंगापुर रहेको छ। त्यसपछि दोस्रोमा जापान र दक्षिण कोरिया, तेस्रोमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली र स्पेन रहेका छन्। त्यस्तै चौथो र्यांकमा अष्ट्रिया, बेल्जियम, लक्म्जमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल र स्वीडेन रहेका छन्।
त्यस्तै पाँचौं र्यांकमा ग्रिस, न्युजील्यान्ड, स्वीट्रजरल्यान्ड, छैटौंमा बेलायत, सातौंमा अष्ट्रेलिया, चेकिया, हंगेरी, माल्टा र पोल्यान्ड रहेका छन्। त्यस्तै आठौंमा क्यानडा, इस्टोनिया, संयुक्त अरब इमिरेट्स, नवौंमा क्रोएसिया, लेटभिया, स्लोभाकिया र स्लोभेनिया र दसौंमा आइसल्यान्ड, लिथुनिया र अमेरिका रहेका छन्।
यसअघि वर्ष पनि नेपालको पासपोर्ट कमजोर सूचीमै परेको थियो। द हेन्ली पासपोर्ट इन्डेक्समा नेपालको पासपोर्ट निरन्तर कमजोरमा र्यांकमा पर्दै आएको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend