Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपाको आधिकारिकताबारे कुनै निर्णय गरिएकाे छैनः निर्वाचन आयोग


    शुक्रबार, माघ १६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादबारे कुनै निर्णय नभएकाे स्पष्ट पारेकाे छ । केपी शर्मा ओली​ समूहकाे नेकपाका नेताहरूसँग सामान्य छलफल गरेपछि आयोग परिसरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आधिकारिकता दाबी गर्न कुनै पनि समूह नआएकाले आयोगले त्यसबारे निर्णय नगरेको बताए ।

    ‘नेकपाको आधिकारिक विवादमा आयोगले निर्णय गरिसकेको अवस्था होइन’, आयुक्त पौड्यालले भने, नेकपामा दुई गुट भएपनि हामीलाई आधिकारिकता देऊ भनेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (१) अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न नै भएन।’

    नेकपाको दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार अभिलेखीकरणका लागि निवेदन दिएको र त्यसैमा केन्द्रित रहेर आयोगले निर्णय गरेको पौड्यालको प्रष्टीकरण छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार