काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा तनाव सिर्जना भएको छ । सीमा क्षेत्रमा बिहीबार बिहान दुई देशका सेनाबीच गोली हानाहान भएपछि दुवै देशले एकअर्कामाथि हवाई आक्रमण थालेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
दुवै देशले एकले अर्कोलाई हमलाको सुरूवात गरेको आरोप लगाएको छ । बीबीसीका अनुसार सीमा क्षेत्रमा तनावपछि कम्बोडियाले थाइल्याण्डमा र्दुइटा रकेटले हमला गरेको छ । त्यसपछि थाइल्याण्डले एफ–१६ लडाकू विमानले कम्बोडियाको सैन्य अड्डामा बम खसालेको समाचारमा जनाइएको छ ।
रकेट हमलाबाट थाइल्याण्डमा कम्तिमा दुई जना मानिसहरूको मृत्यु भएको भनिएको छ । तनावपछि सुरिन प्रान्तको काब चोइङ गाउँमा ३० देखि ४० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।
त्यस्तै थाइल्याण्डले सीमाक्षेत्रमा विद्यालय बन्द गरेको छ । थाइल्याण्डले कम्बोडियासँगको सबै सिमाना बन्द गरेको छ । दुवै देशले एक अर्कासँगको कुटनीतिक सम्बन्ध घटाएको बताइएको छ ।
तनावपछि थाइल्याण्डले कम्बोडियाको सैन्य अखडाहरूमा लक्ष्य गरेर हमला गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सैन्य क्षमताका आधारमा थाइल्याण्ड कम्बोडियाभन्दा तीनगुणा शक्तिशाली रहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend