Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वदेशमा जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छ: हितराज पाण्डे


    बिहिबार, साउन ८ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिने बताएका छन् ।

    बिहीबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले जनशक्ति उत्पादन र प्रशिक्षण गरेर मात्रै हवाई सेवा प्रभावकारी बनाउन सकिने बताए।

    उनले प्रशिक्षण गरेर जनशक्ति उत्पादन गर्दा नेपालकै जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताए । जनशक्तिमा परनिर्भर हुनुपर्ने बाध्यता अब हटाउनुपर्ने उनको भनाइ छ ।

    प्रमुख सचेतक पाण्डेले मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण बन्दा थप व्यवस्थित र प्रभावकारी हुने प्रस्ताव राखे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार