Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगले केपी ओलीलाई धक्का दिएकाे माधव नेपालकाे दावी


    शुक्रबार, माघ १६ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई धक्का दिएको बताएका छन् ।

    संसद विघटनको विरोधमा शुक्रवार नेकपाले विराटनगरमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले मनोनयन गरेका केन्द्रीय सदस्यलाई आयोगले अवैध घोषणा गरिदिएको बताए । 

    144175856_3589875307757433_4518369263469882065_n.jpg

    ‘निर्वाचन आयोगले ओलीलाई धक्का दिएको छ, सडकछाप पार्टीको १५०० केन्द्रीय सदस्यलाई मान्यता दिएको छैन । बाटाबाटामा डम्फु बजाउँदै केन्द्रीय सदस्य बनाइएका सदस्यको बेहाल, बिजोक, घर न घाट भएको छ,’ नेपालले भने, ‘आयोगले पछारिसकेपछि पनि खुट्टा उचालेर मेरो खुट्टामाथि छ भन्दै हुनुहुन्छ ।’

    144303671_3589875374424093_8145659516685940151_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार