Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • निर्यातमा इतिहासकै उच्च विन्दु हासिल: प्रधानमन्त्री


    बिहिबार, साउन ८ २०८२
    450
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएका छन् । आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उनले उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार