Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरमा दुई बालिका झुन्डिएको अवस्थामा मृत भेटिए


    बिहिबार, साउन ८ २०८२
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    आज विहान ६ः४५ बजे बोडे सिन्टिटार स्थितमा इट्टा र फलामले बनेको २ तले घरको भुईँ तलामा डेरा गरी बस्ने जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीय मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीय सृजना कँडेल डेरामै मृत फेला परेका हुन् ।

    उनीहरू प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी घाँटीमा पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

    घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार