काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपदग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिँचाइ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
‘यो सरकार राष्ट्रका सामुु देखापरेका चुनौतीहरुको सामना गर्न लागेको छ । स्थिरता र स्थायित्वलाई कायम गरेर अघि बढ्ने हाम्रो सङ्कल्प रहेको छ । अहिले पहाडमा वर्षा र बाढीको प्रभाव छभने तराई–मधेस सुक्खा समस्याले ग्रस्त छ । यी समस्या समाधानका लागि सरकारले आवश्यक कदमहरु चालेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्राकृतिक विपद्ग्रस्त घोषणापछि तराई–मधेसमा कुनै सामग्री आवश्यक परेमा वा ‘डिप बोरिङ’ गर्नुपरेमा सहज हुनेछ । यसतर्फ सरकार गम्भीर छ । अब अल्पकालीन र दीर्घकालीन उपाय खोजेर समस्या समाधानतर्फ लाग्नुपर्नेछ । यससम्बन्धी गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी राख्ने छैन ।’
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend