Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणतन्त्रप्रति सबैभन्दा बढी चिन्ता माओवादीलाई छ: प्रचण्ड


    बुधबार, साउन ७ २०८२
    695
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको स्पष्ट पारेका छन्।

    बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लामो संघर्ष,त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो व्यक्त गरेका हुन्।

    उनले आन्दोलनको स्मरण गर्दै भने,’बच्चा जन्माउने आमालाई जति माया हुन्छ,त्यति अरूलाई हुँदैन। गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन त्यसैगरी मात्रै गरेका थिएनौं,त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो।’

    अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको योगदानबाट महिला,दलित,आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गरे। उनले पछिल्ला दिनमा गहिरो अध्ययन,चिन्तन,वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्कारूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दुःख प्रकट गरे।

    ‘आजभोलि सुसंस्कार,दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको देखिन्छ,’उनले भने।

    कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले गहन र विश्लेषणात्मक कृतिहरूले मुलुकको राजनीतिक,सामाजिक र वैचारिक मार्गदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार