Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कालीमाटीमा रायो सागमा भेटियो अत्यधिक विषादी


    बुधबार, साउन ७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको सागमा अत्यधिक विषादी भेटिएको छ ।

    विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले बुधबार गरेको परीक्षणका क्रममा बेच्न राखिएको सागमा खानै नमिल्ने स्तरको विषादी भेटिएको हो ।

    दोलखाबाट बिक्रीका लागि कालीमाटी बजारमा बुधबार ल्याइएको रायो सागमा ८०। ९५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    प्रयोगशालाका अनुसार ३५ प्रतिशतभन्दा कम कीटनाशक विषादी देखिएमा उपयोगयोग्य मानिन्छ । यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म देखिए केहीदिन राखेर उपभोग गर्न मिल्छ । तर, ४५ प्रतिशतभन्दा बढी कीटनाशक विषादी देखिए उपभोगका लागि अयोग्य अर्थात बिसर्जन गर्नुपर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार