इस्तानाबुल । रुस र युक्रेनबीच आज अर्थात जुलाई २३ मा नयाँ शान्ति वार्ता हुँदैछ ।
बुधवार हुन लागेको वार्ता यसअघिका दुई चरणको वार्ता पछि तेस्रो पटक हुन लागेको हो । जसमा उनीहरुको युद्ध अन्त्य गरी शान्ति सम्झौतामा पुग्ने बाटोमा निकै कम प्रगति भएको थियो ।
टर्की सरकारका प्रवक्ताले वार्ता इस्तानबुलमा हुने बताएका छन् । यो त्यही ठाउँ हो जहाँ यसअघि मे र जुनमा वार्ता भएको थियो तर दुई चरणको यो बार्ता पछि पनि कुनै सफलता हासिल हुन भने सकेको थिएन, सोही क्रममा आज तेस्रो चरणमा बार्ता हुन लागेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई सम्झौतामा सहमत हुनु दबाब दिएका छन, उनको भाषामा ५० दिनको समय भित्र समाधान नखोजिएमा थप प्रतिबन्धको सामाना गर्नुपर्ने भन्दै दबाब बढाइरहेका छन ।
तर, रसियाले शान्ति सम्झौतामा सहमत हुने बारेमा धेरै कम आशा व्यक्त गरेको छ। रुसको यो प्रतिक्रियाको केही घण्टा पछि जेलेन्स्कीले तेस्रो चरणका वार्ता हुन लागेको गत सोमवार घोषणा गरेका थिए ।
वार्ताको नयाँ चरणको उनको घोषणा रूसले युक्रेनको राजधानी कीभमा नयाँ आक्रमणहरू सुरु गरे पछि आएको थियो, जसले धेरै आगो निम्त्यायो र भूमिगत हवाई आक्रमण आश्रयहरूलाई क्षति गरेको थियो, जहाँ नागरिकहरूले आश्रय लिइरहेका थिए ।
‘आज मैले युक्रेनी सुरक्षा परिषद्का प्रमुख रुस्तम उमरोभसँग टर्कीमा रुसी पक्षसँगको अर्को बैठकको आदानप्रदान र तयारीबारे छलफल गरेको छु,’ जेलेन्स्कीले सोमबार आफ्नो दैनिक सम्बोधनमा भनेका थिए । उमेरोभले बैठक बुधबार बस्ने बताएको पनि उनले जानकारी दिए । जेलेन्स्कीले गत साताको अन्त्यमा नयाँ वार्ताको प्रस्ताव राखेका थिए तर रुसले तुरुन्तै आफ्नो पक्षबाट नयाँ वार्ताको पुष्टि गरेको छैन ।
सन् २०२२ को फेब्रुअरीमा रुसको हमला पछि त्यहाँ युद्ध चलिरहेको छ। दुई प्रतिद्वन्द्वी राष्ट्रहरू शान्ति सम्झौताका लागि वार्ता गर्न १६ मे र २ जुनमा इस्तानबुलमा नै भेटेका थिए। यसअघि ट्रम्पले पनि सम्झौताका लागि दबाब बढाएका थिए तर कुनै सफलता हात लागिरहेको छैन ।
अहिलेसम्मको वार्तामा युक्रेन र रुसले कैदी आदानप्रदानमा मात्रै सहमति जनाएका छन् । त्यसयता रुसले युक्रेनमा हवाई आक्रमण तीव्र पारेको छ र थप सीमा क्षेत्र कब्जा गरेको छ। खासमा, रूसले युक्रेनलाई क्रिमियाको थप चार प्रमुख क्षेत्रहरू छोड्न माग गरेको छ, जसलाई रूसले २०१४ मा गाभेको थियो र रूसले युक्रेनलाई नेटो सैन्य गठबन्धनमा सामेल हुने कुनै पनि विचार त्याग्न पनि जोड दिएको छ।
यद्यपि, युक्रेनले भने रूसको सो माग अस्वीकार गरिररहेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend