Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता


    बुधबार, साउन ७ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जाजरकोट । भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता भएका छन् । मंगलबार राति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको हो ।

    इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीनजना सवार रहेका थिए ।

    उनीहरुको अवस्था अज्ञात रहेको रहेको उनले बताए । बेपत्ताको खोजी गर्न रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको उनले बताए । उनका अनुसार भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको छ । बेपत्ता भएकाहरुको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार