Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका शिर्ष नेताको चियापान


    सोमबार, साउन ५ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चाक्सीवारीस्थित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निवासमा संस्थापन पक्षका शिर्ष नेताहरूबिचमा भेटघाट भएको छ।

    अब आउन लागेको १५ औँ महाधिवेशनको पुर्व सन्ध्यामा सभापति शेरबहादुर देउवाबाहेक अन्य ६ जना नेता चाक्सीबारीमा पुगेका हुन् ।

    सो छलफलमा उपप्रधान तथा सहरी बिकासमन्त्रीसमेत रहेका सिंहसहित शशांक कोइराला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशरण महत र विजयकुमार गच्छदारको उपस्थिति रहेको छ।

    संस्थापन पक्षका शिर्ष नेताहरूले सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनमा आफूभित्रबाटै उत्तराधिकारी छान्नु पर्ने भन्दै दबाब बढाइरहेको बेला यो भेला भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार