Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेसका पूर्व पदाधिकारीको बैठक बस्दै


    सोमबार, साउन ५ २०८२
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सात पूर्व पदाधिकारीहरूको बैठक बोलाइएको छ ।

    कांग्रेस नेता एवं सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बोलाइएको हो । नेता सिंहले संयोजन गरेर आजै दिउँसो बस्ने गरी बैठक बोलाएको एक नेताले बताए ।

    पूर्व पदाधिकारीहरुको महाधिवेशनमा छुट्टै समीकरण गर्ने गरी छलफलमा जुटेका नेताहरुको विगतकै निरन्तरका रुपमा सोमबार बैठक आह्वान गरिएको हो ।

    पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतले यसअघि पनि छलफल गर्दै आएका थिए ।

    सात नेताले सातै प्रदेशमा अन्तर्क्रिया गर्ने तयारी गरेका छन् । सातै प्रदेशमा अन्तर्क्रिया गर्ने तयारीको बारेमा आज थप छलफल हुने सोही समूहका एक नेताले जानकारी गराए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार