Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • एमालेको केन्द्रीय कमिटीको बैठक जारी


    सोमबार, साउन ५ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत हुनेछ।

    बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक र आगामी रणनीतिबारे जानकारी गराएका छन्।

    यसैगरी महासचिव शंकर पोखरेलले सांगठनिक अवस्थाका बारेमा जानकारी गराउनेछन्। बैठकमा एजेण्डाहरु प्रस्तुत गरिएको छ।

    बैठकमा विधान मस्यौदा समितिका संयोजक एवम् उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन्। प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ।

    सचिवालय र पोलिटब्युरो सदस्यहरूबाहेकका केन्द्रीय सदस्यहरूले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने उनको भनाई छ। सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यले यस अगाडि नै आ(आफ्नो धारणा राखेकाले केन्द्रीय सदस्यमात्र रहेकालाई बोल्ने दिने तयारी गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार