Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तारकेश्वरको खेल मैदानमा मृत भेटिएकी युवतीको सनाखत


    सोमबार, साउन ५ २०८२
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा खेल मैदानमा आज बिहान मृत भेटिएकी युवतीको सनाखत भएको छ ।

    टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा भेटिएको शव धादिङको ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङको रहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार तिलमाया गएरातिदेखि हराएकी थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार