Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ ४ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    सोमबार, साउन ५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज को भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला चार सय रुपैयाँ बढेको हो ।

    सुनको भाउ गएको बिहीबारदेखि लगातार बढ्दै आएको छ। आज सुन तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

    सुनको भाउ गएको बिहीबार प्रतितोला तीनसय, शुक्रबार दुईसय र आइतबार आठसय रुपैयाँ बढेको थियो। हिजो सुनको मूल्य एक लाख ९३ हजार तीनसय रुपैयाँ थियो।

    आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुईसय ८५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार