Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा भन्छन् – शहीदका सपना पूरा गर्न सानातिना मतभेदलाई बिर्सेर अगाडि बढौं


    शुक्रबार, माघ १६ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवले देश र लोकतन्त्रको हित तथा रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने बताएका छन् ।

    शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेबारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त, समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेबार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

    सन्देशमा भनिएको छ–‘लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको स्वतन्त्रता र अभिमानको रक्षा हुन्छ, यसबाट नै बिसंगतीको अन्त्य हुन्छ ।

    सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार