Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढी पहिरोका कारण ६ मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध


    सोमबार, साउन ५ २०८२
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति पगेकाले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।

    नेपाल प्रहरीले आज बिहान नौ बजे अध्यावधिक गरेको विवरणअनुसार देशभरका ६ मुख्य राजमार्ग पूर्ण अवरुध्द रहेको र पाँच ठाउँमा सडक एकतर्फी सन्चाञ्चालनमा रहेका छन् ।

    जसअनुसार कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ ।

    यसैगरी पाँचथरको फिदिम नगरपालिका ५ र हिलिहाङ गाउँपालिका ७ को संगमस्थल हेवाखोलामा बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ ।

    पाँचथरकै तुम्वेवा गाउँपालिका २ मा पनि बाढीका कारण तमोर कोरिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    यसैगरी कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका ३ तरङखोलामा बाढीका कारण बाटो अवरुद्ध छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार