Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड–नेपाल समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै


    शुक्रबार, माघ १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार विराटनगरमा आमसभाको आयोजना गर्दैछ।सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले सम्बोधन गर्ने बताइएकाे छ।

    सभाका लागि यो समूहका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल बिहीबार बेलुका विराटनगर पुगिसकेका छन् ।अध्यक्ष प्रभचण्ड भने अहिले केहिबेरमा पुग्ने कार्यक्रम रहेको प्रचण्ड–नेपाल समूहले जनाएकाे छ।

    प्रचण्ड–नेपाल समूह विराटनगरका अनुसार सभामा ६० हजार बढि जनताकाे सहभागिता रहनेछ । सरकारकाे सिफारसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि याे समूह निरन्तर शक्ति प्रदर्शनमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार