Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • साउनको पहिलो सोमबार पशुपतिनाथका चारै ढोका खुला, चक्रपथमा निःशुल्क बसको व्यवस्था


    सोमबार, साउन ५ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ ।

    भक्तजनका लागि आज बिहानैदेखि चारवटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले जानकारी दिए । उनका अनुसार दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।

    साउन महिनामा विशेष पूजाका लागि सात हजार ५०० रुपैयाँ भन्दा कमको टिकट नकाट्ने कोषले जनाएको छ । कोषले यो वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ ।

    चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने छ । यो सेवा साउनका चारवटै सोमबार निरन्तर रहने कोषले जनाएको छ । त्यस्तै भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार