Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोगः कसले पाउला आधिकारिकता ?


    शुक्रबार, माघ १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुवै पक्षलाई आज छलफलका लागि बोलाएको छ । नेकपाका दुवै पक्षले आफूलाई नै आधिकारिक पार्टी दाबी गरिरहेको बेला आयोगले आज छलफलका लागि बोलाएको हो ।

    नेकपाका दुवै समूहका अध्यक्षलाई आयोगले छु््ट्टाछुट्टै पत्र पठाएको छ । नेकपाका ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड माधव समूहका पुष्पकमल दाहालसँग आयोगले छलफल गर्ने भएको छ ।

    आयोगले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूहका अध्यक्ष वा अध्यक्षले तोकेका ५ ५ जनालाई शुक्रबार बोलाएको जानकारी दिएको छ ।

    आगामी वैशाख १७ र २७ घोषित निर्वाचनलाई लिएर आयोगले दल दर्ता प्रक्रिया अगाडि बढाउनुअघि नेकपाका दुई समूहलाई छलफलमा बोलाएको जनाएको छ । आयोगले नेकपाका दुवै समूहले गरेको निर्णयलाई अमान्य गर्दै ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई मात्र मान्यता दिने निर्णय गरिसकेको छ । आयोगको निर्णयसँगै नेकपा ओली समूहले मनोनीत गरेका ११ सय केन्द्रीय सदस्य पनि बदर भएका छन् । नेकपा प्रचण्ड माधव समूहले माधव नेपाललाई अध्यक्ष बनाउने निर्णयले पनि मान्यता नपाउने भएको छ ।

    अब आयोगले नेकपाको ४४१ जनाको केन्द्रीय कमिटीको संख्याका आधारमा निर्णय गर्ने भएको छ । ओली समूहले अध्यक्ष र महासचिव जता हुन्छ, आधिकारिक नेकपा उही हुन्छ भन्ने मुढे तर्क गरिरहेको छ भने प्रचण्ड माधव समूहले केन्द्रीय कमिटीको बहुमत जता हुन्छ आधिकारिक नेकपा उही हुन्छ भनिरहेको अवस्थामा आज आयोगले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार