जनकपुर। मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले शान्ति सुरक्षा सुदृढ बनाउने तथा प्रहरी आचरण र अनुशासनमा कडाइ गर्न निर्देशन दिएका छन्। पछिल्लो समय मधेश प्रदेशको बिभिन्न जिल्लामा प्रहरीको अनेक कमजोरी उजागर भएपछि डिआईजी चतुर्वेदी कडा रुपमा प्रस्तुत भएका हुन्।
आइतबार भर्चुअल माध्यमद्वारा आयोजित एक बैठकमा उनले जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, विशेष सुरक्षा गण ढल्केवर, मधेश प्रदेश प्रहरी गण जनकपुर, र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूसँग समन्वय गर्दै निर्देशन दिएका हुन्।
उनले हालको शान्ति सुरक्षाको अवस्था विचार गर्दै मातहतका इकाईहरूको काम कारबाहीको सुपरिवेक्षणलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए। चतुर्वेदीले प्रहरी आचरण, अनुशासन र सेवा प्रवाहमा सुधार ल्याई शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न आग्रह गरे।सीमावर्ती क्षेत्रहरूमा हुने चोरी, निकासी पैठारी तथा राजस्व चुहावट नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष, सक्रिय र प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए।
त्यस्तै, सिमान्तकृत, पिछडिएका तथा अल्पसंख्यक समुदायहरूलाई प्राथमिकतामा राख्दै नागरिकका गुनासो र समस्याको संवेदनशीलतापूर्वक सुनुवाइ गर्नुपर्नेमा चतुर्वेदीले विशेष ध्यान दिन निर्देशन दिए। प्रहरी आचरण बिरुद्द चल्ने जो कोहिमाथी कडा कार्वाही गर्ने उनले चेतावनी समेत दिएका छन् ।
‘प्रहरी कर्मचारीहरू सेवा प्रवाहमा सहनशील, शिष्ट, सभ्य र उत्तरदायी बन्नुपर्छ,’ उनले भने, ‘प्रहरीको बोली, व्यवहार र आचरण आम नागरिकमैत्री हुनुपर्छ ।’ चतुर्वेदीको निर्देशनले मधेश प्रदेशमा प्रहरी सेवा सुधार र शान्ति सुरक्षाको अभिवृद्धिमा थप गति ल्याउने अपेक्षा गरिएको छ ।
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend