काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। सेयर कारोबार रकम २१ अर्ब नाघेर नयाँ रेकर्ड कायम गरेको हो।
साताको पहिलो कारोबार दिन आइतबार २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँको सेयर कारोबार भएको छ। यसअघि साउन १ गते १६ अर्ब बढीको सेयर कारोबार भएको थियो।
मौद्रिक नीति घोषणा भएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो। नेप्से परिसूचक २८६७.७६ विन्दुमा अडिएको छ। कारोबार रकममा उच्च वृद्धि भए पनि नेप्से परिसूचक भने घटेको छ।
यसदिन ३१६ स्क्रिप्सको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर २१ अर्बमा खरिदबिक्री भए। यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलम कारोबार भए। उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सानभी इनर्जीको सेयर १० प्रतिशतले बढयो।
यसैगरी ट्रेड टावर,शिव श्री हाइड्रोपावर र बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर ९ प्रतिशत बढीले बढ्यो। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। उक्त कम्पनीको ९८ करोडमाथिको सेयर कारोबार भयो। बुटवल पावरको ६४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सले ५६ करोड,नगदी ग्रुपको ५० करोड र सानिमा माइ हाइड्रोपावरको ४८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १०५ स्क्रिप्सको मूल्य बढ्दा १४४ वटाको घट्यो। आज पाँच समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend