Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुद्धचित्त चोर्न गएका समूहले धनीमाथि गरे खुकुरी प्रहार, ३ जना पक्राउ


    आइतबार, साउन ४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ललितपुरमा बुद्धचित्तको दाना चोरी गर्न गएका एक समुहले घरधनीमाथि खुकुरी प्रहार गरेको छ ।

    गएराति गोदावरी नगरपालिका–७ गुरूङचुले गैरीडोलीमा बुद्धचित्तको दाना चोरी गर्न पुगेका समूहले घरधनी कृष्णबहादुर मार्फामाथि खुकुरी प्रहार गरेर बुद्धचित्तको दानासहित फरार भएका थिए ।

    उक्त समूहले सिसिटिभीको तार काटेर बुद्धचित्तको दाना टिप्दै गर्दा कुकुर भुकेपछि घरबाहिर निस्किएका घरधनी मार्फामाथि खुकुरी प्रहार गरेका थिए ।

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले घरधनीमाथि खुकुरी प्रहार गरेर फरार रहेका तीन जनालाई आज बिहान पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउ पर्नेहरुमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ रहेका छन् । उनीहरुको साथबाट बुद्धचित्तको हरियो दानासमेत बरामद गरिएको छ ।

    उक्त समूहको खुकुरी प्रहारबाट बुद्धचित्त धनीको दायाँ हातमा चोट लागेको छ । उनी आनन्दवन अस्पतालमा उपचारपछि मार्फ अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार