Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिङदेनले उपाध्यक्षबाट बर्खास्त गरेपछि गिरीले दिए आयोगमा उजुरी


    आइतबार, साउन ४ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कारवाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अवैधानिक रूपमा पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको भन्दै गिरीले आयोगमा उजुरी दिएका हुन् ।

    महामन्त्री डा धवलशम्शेर राणालगायत आफू पक्षका नेता तथा कार्यकर्ताको साथमा आयोग पुगेर उनले उजुरी गरेका हुन् । पार्टीलाई प्रक्रियागत र विधान अनुसार चलाउन माग गर्दा अवैधानिक रूपमा कारबाही गरिएको भन्दै गिरीले आयोगसम्म पुगेको प्रतिक्रिया दिएका छन् ।

    गिरीलाई गरिएको कारबाही फिर्ता लिन राप्रपाकै इतर समूह र कर्णालीबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूले अपीलसमेत गरेका छन् । यसअघि अनुशासन समिति संयोजकबाट हटाइएका नवराज सुवेदी पनि कारबाही अवैधानिक भएको भन्दै निर्वाचन आयोग पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार