Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने


    आइतबार, साउन ४ २०८२
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्। उनी भदौको ३१ गते (सेप्टेम्बर १६ मा) भारत भ्रमणमा जान लागेका हुन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आएको बताइएको छ ।

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार