Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरो र लेदोका कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध


    आइतबार, साउन ४ २०८२
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण पहिरो र लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ ।

    पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

    उनका अनुसार अहिले पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमै र‍ोकिएका छन् ।

    त्यस्तै महभीरमा सडक भास्सिएको प्रहरीले जनाएको छ । मोटरसाइकलहरू जोखिम मोलेर पार गरिरहेका छन् ।पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरका स्थानीय प्रभावित भएका छन् । तातोपानी नाकाबाट सामग्री ल्याएका र लिन गएका कन्टेनर रोकिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार