Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टायरमा राखिएको टेको हटाउने क्रममा गाडीले किचेर २१ वर्षीय युवकको मृत्यु


    आइतबार, साउन ४ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज विहान मृत्यु भएको हो ।

    आफ्नै घर अगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै आफैँ गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए ।

    तत्काल लमही अस्पताल पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार