सर्लाही । तस्करीमा संलग्न भएको आरोप लागेपछि सर्लाहीको बरहथवा नगरपालिका–११ स्थित ईलाका प्रहरी कार्यालय हिरापुर ब्यारेजका सबै प्रहरीलाई फेर्ने निर्णय गरिएको छ ।
गत शुक्रबार इन्चार्ज सई (प्रहरी नायब निरीक्षक) बैद्यनाथ दास र प्रहरी जवान सन्तोष यादवलाई निलम्बन गरिएको थियो । उनीहरूलाई तस्करसँग मिलेमतो गरी रकम मागेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार विवादित प्रहरी टोलीलाई त्यहीँ राख्दा निष्पक्षता र विश्वासको संकट आउन सक्ने भएकाले सम्पूर्ण प्रहरी युनिट परिवर्तन गर्ने निर्णय गरिएको हो ।
हाल हिरापुर प्रहरी चौकीको नेतृत्वका लागि नयाँ इन्चार्ज तोकिएको छैन । तर तत्कालका लागि बरहथवा ईलाका प्रहरी कार्यालयमा कार्यरत असई तुल्सी राउतलाई अस्थायी रूपमा पठाइएको डिएसपी राईले बताए ।
यसअघि उक्त चौकीमा एक जना सई, एक जना वरिष्ठ हवल्दार, चार जना हवल्दार, एक जना वरिष्ठ जवान र तीन जना जवानसहित १० जना प्रहरी कार्यरत थिए ।
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend