Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उच्च अदालतले भन्यो: गौशाला नगरपालिकाकी उपमेयरलाई काम गर्न कुनै अवरोध नगर्नु


    शुक्रबार, साउन २ २०८२
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • महोत्तरी। उपमेयरले क्षेत्राधिकारको आवाज उठाउदा महोत्तरी गौशालाका नगरप्रमुख दिपेन्द्र महतोले कार्यकक्षमा लगाईएको तालाको विषयमा जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    बहुमतको आडमा नगरपालिकाको प्रशासकीय भवन परिसरमा उपमेयर रेणु कुमारी महतोलाई काम गर्न नदिने भन्दै अवरोध गरेपछि कार्यकक्षमा प्रवेश गर्न कुनै अवरोध नगर्न आदेश जारी गरेको हो । गत असार- ३१ गते जारी भएको आदेशमा उपमेयरलाई कुनै प्रकारको अवरोध नगर्न निर्देशन दिदै साउन- १६ गते अदालतले पेशी तोकेको हुनाले दुवै पक्षलाई उपस्थिति हुन् समेत आग्रह गरिएको छ ।

    कानुन वम्मोजिम आफ्नो कार्यकक्षमा बसेर काम गर्न पाउने कानुनी व्यवस्था पालना गर्न पनि निवेदनमा विपक्षी वनाईएको गौशाला नगरपालिकालाई सुझाएको छ । अधिबक्ता सुनिल रंजन सिंहले गरेको बहसमा न्यायाधिश खेमराज भट्टको इजलाशले उक्त आदेश जारी गरेको थियो ।

    यसअघि सर्वदलीय छलफलवाट उपमेयरलाई कार्यकक्षमा मर्यादित वातावरण सिर्जना गर्दै काम गर्ने वातावरण बनाउन नगरप्रमुख दिपेन्द्र महतोले प्रतिवद्वता जनाएका थिए । तर उनी प्रतिवद्वतावाट पछाडी हटेपछि उपमेयर रेणु कुमारी महतोले अदालतको सहारा लिएकी हुन् । कार्यकक्षमा अहिले ताला खोलिएको कर्मचारीहरुले बताएका छन् । तर, काम गर्ने वातावरण अझै सिर्जना नभएको उपमेयरले वताउँदै आएकी छन् ।

    यही विचमा जारी भएको अन्तरिम आदेश मेयर महतोले पालना गर्लान की नगर्लान भन्ने बिषय यतिवेबेला आम चासो बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार