Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • नेकपा एसमा समाहित भएपछि वामदेवले भने- ‘म एक्लै आएको छैन’


    शुक्रबार, साउन २ २०८२
    750
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि वामदेव गौतमले आफू सय वर्ष हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताएका छन् ।

    पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै आफूलाई सय वर्षसम्म बाँच्छु जस्तो लागेको बताए ।

    उनले विभाजित कम्युनिष्ट पार्टीलाई एउटै बनाउने प्रयास नछाड्ने बताए। उनले एमाले र माओवादीबीच एकता हुँदा आफूजति खुसी अरु कोही नभएको भने पनि त्यो असफल भएको बताए ।

    उनले भने, ‘चार वर्षपहिले म आउन पाएको भए समाजवाद हुन्थ्यो। किनभने म लागेपछि हुन्छ। म लागेपछि समाजवाद निर्माण हुन्छ। सबैको साथमा लाग्ने हो, एक्लै लाग्ने होइन, यो आवश्यकता छ आजको ।’

    उनले आफू आन्दोलनबाट आएको नेता भएको बताए । उनले थपे, ‘म एक्लै आएको छैन आज । एक्लै आउँदा कहिले पनि सफल भइनँ । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार