Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छ: प्रधानमन्त्री ओली


    शुक्रबार, साउन २ २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको बताएका छन्।

    शुक्रवार काठमाडौंमा नेपाल चीन संस्कृति शिखर सम्मेलन, २०२५ को शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो सामर्थ्यअनुसार नेपालले विकासका काम अघि बढाइरहेको उल्लेख गरे।

    उनले मित्रताका लागि गच्छे नचाहिने भन्दै आफ्नो सामर्थ्यअनुसार पारस्परिक सम्बन्ध अघि बढाइरहेको बताए। नेपाल र चीन बीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने बताए।

    प्रधानमन्त्री ओलीले भने, ‘नेपाल आफ्नो गच्छेअनुसार विकासका काममा अघि बढिरहेको छ। मित्रताका लागि गच्छे चाहिँदैन। हाम्रो यो सम्बन्ध आगामी दिनमा अझ व्यापक हुँदै जानेछ।’

    प्रधानमन्त्री ओलीले नेपाल-चीनबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा कुनै पनि काम गर्न कुनै कसर बाँकी नराख्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार