रौतहट । रौतहटको सदरमुकाम गौर स्थित प्रहरीले स्रोत नखुलेको लाखौं रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारत बिहार जिल्ला सीतामढी बैरगनिया नगरपालिकाको १३ बाबालाल दास मठ टोल बस्ने बर्ष ४५ को महेश कुमार लाई अबैध रकम सहित प्रहरीले पक्राउ गरेको हो। निजको साथबाट प्रहरीले नेपाली ३ लाख रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए ।
अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका २ महादेवपट्टी टोल स्थित भारतबाट नेपाल तर्फ पैदल आउने क्रममा संका लागि चेकजाँच गर्दा निजको पाईन्टको पकेट भित्र लुकाई छिपाई राखिएको अवस्थामा नेपाली ३ लाख रूपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार सार्वजनिक गरेको छ।
उक्त रकमको आवश्यक कागजातहरु माग गर्दा देखाउन नसकेको हुँदा बरामद रकमसहित भारतीय नागरिक महेशकुमारलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend