काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन भाग लिन पाउने व्यवस्था गर्ने निर्णय गरेको छ।
सचिवालयको बैठकले गरेको यस्तो निर्णयले पूर्वराष्ट्रपति एवं पूर्व एमाले उपाध्यक्ष विद्या भण्डारी विधान महाधिवेशनमा सहभागी हुने सम्भावनालाई रोकेको छ। दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेको राजनीतिमा हलचल ल्याएको छ।
जसले गर्दा एमालेमा स्पष्ट दुई धार बनेको छ। भण्डारी आगामी महाधिवेशनमा अध्यक्षको दाबेदारसहित एमालेमा फर्किएको घोषणाले अध्यक्ष ओली झस्किएका छन्। उनी भण्डारीलाई रोक्ने दाउमा छन्।
बिहिबार दिउँसैदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा चलेको सचिवालय बैठक राति अबेरसम्म चलेको थियो। करिब १० घण्टा बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि सबै सदस्यले धारणा राखेपछि अध्यक्ष केपी ओलीले प्रस्तावित विधानमा आफ्नो राय राखेका थिए ।
यस्तै बैठकमा आज सुरु हुने पोलिटब्युरो बैठकमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव लैजाने भएको छ। बैठकले एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद र नेतृत्वका लागि दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेको छ।
यस्तै बैठकले वरिष्ठ उपाध्यक्ष पद नै हटाउने र पदाधिकारीको संख्या समेत घटाउने तयारी समेत गरेको छर बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा पेस गर्ने विधान संशोधनको प्रस्तावमा छलफल भएको हो।
विधान संशोधन प्रस्तावमा केन्द्रीय पदाधिकारीको संख्या घटाउने र वरिष्ठ उपाध्यक्ष पद नराख्ने उल्लेख छ। एमालेमा अहिले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव गरी १९ जना पदाधिकारी छन्। केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन्।
उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको हो। विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल हुनेछ। त्यसपछि भदौ २० गतेदेखि बस्ने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित भएपछि ११ औ महाधिवेशनबाट कार्यान्वयनमा आउने बताइएको छ।
यसैबिच आज एमालेको पोलिटब्युरो बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। राति अबेरसम्म सचिवालय बैठक चलेकाले आजको पोलिटब्युरो दुई घण्टा पछि सारिएको हो।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend