Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, २ जना घाइते


    बिहिबार, साउन १ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    आज बिहान लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा करेन्ट लाग्दा तीन जना घाइते भएका थिए ।

    घाइते भएकामध्ये ट्रकका सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो ।

    अन्य दुई जना २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएका छन् । उनीहरुको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार