Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चुनौती बनेको छ: देउवा


    बुधबार, असार ३२ २०८२
    720
    Shares
    nlntk'/, !^ k';M g]sf ;efklt b]pjf g]kfnL sf+u|];sf ;efklt tyf k"j{k|wfgdGqL z]/axfb'/ b]pjf $*cf}F /fli6«o Pstf tyf d]nldnfk lbj;sf cj;/df g]sf s]G›Lo sfof{no ;fg]kfdf ;f]daf/ cfof]lht sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/M ls/0f/fh lji6÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चुनौती रहेको बताएका छन्।

    नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले हिजोको चुनौती साक्षरता रहेको भन्दै आजको चुनौती देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु रहेको बताए।

    उनले सरकार, सबै राजनीतिक दल र सरोकारवालाई शिक्षाको विकासका लागि एकजुट भएर लाग्न अनुरोध गरे।

    सामुदायिक विद्यालयहरूले सेवामुखी भइ मुलुकको शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको उनको भनाइ छ। सभापति देउवाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरको वृद्धिका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको बताए।

    समृद्धिको आधारशिला जीवन उपयोगी शिक्षा रहेकाले व्यावसायिक शिक्षा प्रदान गर्न सरकारबाट समुचित र न्यायोचित पहल हुनुपर्ने खाँचो देखिएको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार