काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजा र राणाहरुको ‘प्रेत’को संज्ञा दिएका छन् ।
बिहीबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता भुसालले ओलीको बाटो संविधानको हत्या, अशान्ति, सत्यानास र बर्बादीतर्फको भएको बताए । “राणाहरुले सोधेका थिए, राणाहरुको पछाडि लाग्ने हो या नेपालको बाटो ? पछि महेन्द्रले सोधेका थिए, महेन्द्रको बाटो हो कि नेपालको बाटो ? पछि वीरेन्द्रले सोधेका थिए, पञ्चायतको बाटो कि स्वतन्त्रताको बाटो ? ज्ञानेन्द्रले पनि सोधे, कुन बाटो ?,’’ उनले भने, “जनताले नेपालको बाटो रोजे । इतिहासका राणा र राजाहरुको प्रेतको रुपमा ओली खडा हुनुभयो । र, ओलीको बाटो कि नेपालको बाटो भनेर सोध्नुभयो ।’’
उनले ओलीको कदम संसद र सडकबाट हराउने दाबी गरे । “कमरेड ओलीको कदम अब हार्ने कुरामा कुनै शंका छैन, हार्छ, हार्छ, हराइन्छ । यो सडकमा हराइन्छ, अदालतमा हराइन्छ, सबैतिर हराइन्छ,’’ भुसालले जिकिर गरे । जनताको सामु अर्को ओली नजन्मने ग्यारेन्टी गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend