Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कल्याणपुर नगरपालिकाका मेयर १ लाख घुससहित रंगेहात पक्राउ


    बुधबार, असार ३२ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

    दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ ।

    अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार