काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट अत्यावश्यक ऐन, कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्ने बताएका छन् ।
आज राष्ट्रपति कार्यालयमा संसदीय मामिला पत्रकार समाजआबद्ध पत्रकारहरूसँगको भेटमा उनले संसद्मा ‘डेडलक’को अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्प्रति जनताको भरोसा जागृत गराउने बताए।
राष्ट्रपति पौडेलले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्धति नै उत्तम व्यवस्था भएकाले यसैका पक्षमा एकजुट भइ आआफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले लोकतान्त्रिक शासन प्रणालीमा संसद् जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको प्रसंग उल्लेख गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी ऐन, कानुन निर्माण प्रक्रियालाई अझ सहज, पारदर्शी र जवाफदेही बनाउन आमसञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।
संसद् र संसदीय समितिमार्फत जनताका पक्षमा कानुन बनाउने र समसामयिक एवं जल्दाबल्दा समस्या उजागर गर्ने संसदीय अभ्यासलाई अझ प्रभावकारी र जवाफदेही बनाउन यस क्षेत्रमा कलम चलाउने आमसञ्चारकर्मीका तर्फबाट खबरदारीसहित सहयोग र सहकार्य हुने विश्वास व्यक्त गरे ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend