म राजकुमार अधिकारी, यस पत्रमार्फत म nepalface.com नेपाल फेस अनलाइनमा २०७८ असार २९ गते प्रकाशित ‘प्रहरी सेटिङमा जुवा अखडा चलाउँदै खरानी समूह’ शीर्षकको समाचारप्रति गम्भीर आपत्ति जनाउँछु ।
उक्त समाचारमा मेरो नाम अन्यायपूर्ण, आधारहीन र तथ्यविहीन रूपमा प्रयोग गरिएको छ । उक्त समाचारमा जुन ढंगले मलाई ‘खरानी समूह’ को प्रमुख भनी चित्रण गरिएको छ, र गैरकानुनी जुवा कारोबारमा संलग्न भएको आरोप लगाइएको छ, त्यसमा कुनै प्रमाण वा आधिकारिक स्रोत प्रस्तुत गरिएको छैन । यस्तो सामग्री पत्रकारिता आचारसंहिताको उल्लंघन हो, तर मेरो प्रतिष्ठा र सामाजिक जीवनमा गम्भीर क्षति पर्याउने खालको नियोजित चरित्रहत्या पनि हो भन्ने मेरो धारणा रहेको छ ।
मलाई एक वचन पनि नसोधी एकपक्षीय रूपमा समाचार सामग्री लेखिएको छ भने मैले उक्त समाचार सामग्री प्रकाशन पश्चात पटक पटक प्रधान सम्पादकको फोनमा सम्पर्क गर्दा समेत फोन नउठाउनुले उक्त मिडियाले गलत गरेको बुझ्न सकिन्छ ।
मेरो धारणाः म कुनै पनि किसिमको गैरकानुनी जुवा कारोबारमा संलग्न छैन । मैले न त जुवा खेलाएको छु, न त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न छु । समाचारमा प्रस्तुत कथित । पात्रहरूसँग मेरो कुनै सम्बन्ध छैन । प्रहरीसँग मिलेमतो रहेको भन्ने दाबी पूर्णतः झुटा र अपमानजनक छ ।
प्रहरी प्रशासनको बदनाम गर्ने र सामान्य नागरिकको नाम जोडेर झूटा आरोप लगाउने कार्य आपराधिक हो । आधार प्रमाणबिना मेरो कसैमाथि बदनाम गर्नु कानुन विपरीत हो भने यसले सामाजिक र मानसिक रूपमा ठुलो क्षति हुन जान्छ । म एक जिम्मेवार नागरिक हुँ र कानून पालना गर्न प्रतिबद्ध छु । समाचारमा उल्लेखित कुनै पनि अवैध गतिविधिमा मेरो संलग्नता छैन भन्ने कुरा प्रमाणित गर्न म स्वतन्त्र छानबिनको माग गर्छु । समाचारले मेरो प्रतिष्ठा र सामाजिक साखमा ठुलो क्षति पुर्याएको छ । यस्तो भ्रामक र आधारहीन समाचारको कारण व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक सम्बन्धमा नकारात्मक असर परेको छ ।
राजकुमार अधिकारी राजकुमार अधिकारीका बारेमा यथार्थ यस्ता पनि छन् :
राजकुमार अधिकारीले जुवा लगायतका अवैध गतिबिधिमा संलग्न छैन भनेर खण्डनमा उल्लेख गर्नुभएको रहेछ । कपन बस्ने अधिकारीलाई अबैध जुवा खेलाउने क्रममा पटक–पटक प्रहरीले पक्राउ गरेको अभिलेख काठमाडौं उपत्यकाका प्रहरी प्रभाग, बृत्त र जिल्ला प्रहरी परिसरमात्र होइन उपत्यकाबाहिरका काभ्रेमा समेत पाउन सकिन्छ ।
प्रहरीले उनलाई जुवा अखाडाबाट पक्राउ गरेको बिज्ञप्तिका आधारमा धेरै संचारमाध्यमले प्रकाशित गरेका समाचार अर्काइभमा खोज्दा अहिले पनि पाउन सकिन्छ । उदाहरणका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २०७७ असार २ गते साँझ गोंगबु गणेशस्थानबाट जुवा खेलिरहेकै अवस्थामा १२ पेशेवेर जुवाडेहरुलाई पक्राउ गरेको थियो । जसमा उक्त घर भाडामा लिएर जुवा खेलाउने राजकुमार अधिकारीसहित पासिकोटकी ज्योति बानियाँ, ढुकुटी खेलाउने गंगा बस्नेत, माया बस्नेत, जोरपाटीका गेजी गुरुङ, उमेश तामाङ लगायत थिए ।
प्रहरीको अभिलेखमा अहिले पनि उक्त समाचार पाउन सकिन्छ । २०७६ मंसिर ८ गते प्रहरीले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट प्रहरीले साँढे ९ लाख रूपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको थियो । जुन जुवा पनि राजकुमार अधिकारीले नै खेलाएका थिए । उक्त जुवा अखाडाबाट पक्राउ २३ जना पक्राउ परे पनि खेलाउने अधिकारी भाग्न सफल भएका थिए ।
पक्राउ पर्नेहरुले राजकुमार अधिकारीले बनभोज जाने भनेर ल्याएर जुवा खेलाउने गरेको बयान दिएको अहिले पनि जिल्ला प्रहरी कार्यालयको अभिलेखमा पाउन सकिन्छ । राजकुमार अधिकारीले जुवा खेलाउने गरेको र प्रहरीलने पटक पटक पक्राउ गरेका पात्र हुन् भन्नेह प्रमाणका लागि गुगलबाट अर्काइभ सर्च गर्दा पनि धेरै संचारमाध्यममा समाचार भेटिन्छ । यो एक प्रतिनिधि उदाहरण हो । यस्ता धेरै उदाहरण प्रहरीका अभिलेख पल्टाउँदा भेट्न सकिन्छ ।
पछिल्ला दिनमा पनि राजकुमार अधिकारीले पेशेवर जुवा खेलाउने, हारे पैसा ब्याजमा दिने र चेक काट्न लगाई प्रहरीसँग मिलेर चेकको उजुरी परेको छ भनेर तर्साउँदै असुली गरेको पीडितको गुनासोका आधारमा समाचार लेखिएको हो । स्रोत र पीडितकै अनुरोधमा उनलाई असर पर्ने भएकाले नाम गोप्य राखिएको ब्यहोरा समेत अनुरोध गर्दछु । जुवा खेल्नु अपराधजन्य कार्य भएकाले नेपालफेसले त्यस्तो अपराध नहोस् भने ध्येयले समाचारमार्फत् त्यस्ता कार्य नियन्त्रणमा सघाउ पुगोस् भन्ने उद्देश्यका साथ समाचार लेखेको पनि प्रष्ट पार्न चाहन्छु । –सम्पादक
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend