म राजकुमार अधिकारी, यस पत्रमार्फत म nepalface.com नेपाल फेस अनलाइनमा २०७८ असार २९ गते प्रकाशित ‘प्रहरी सेटिङमा जुवा अखडा चलाउँदै खरानी समूह’ शीर्षकको समाचारप्रति गम्भीर आपत्ति जनाउँछु ।
उक्त समाचारमा मेरो नाम अन्यायपूर्ण, आधारहीन र तथ्यविहीन रूपमा प्रयोग गरिएको छ । उक्त समाचारमा जुन ढंगले मलाई ‘खरानी समूह’ को प्रमुख भनी चित्रण गरिएको छ, र गैरकानुनी जुवा कारोबारमा संलग्न भएको आरोप लगाइएको छ, त्यसमा कुनै प्रमाण वा आधिकारिक स्रोत प्रस्तुत गरिएको छैन । यस्तो सामग्री पत्रकारिता आचारसंहिताको उल्लंघन हो, तर मेरो प्रतिष्ठा र सामाजिक जीवनमा गम्भीर क्षति पर्याउने खालको नियोजित चरित्रहत्या पनि हो भन्ने मेरो धारणा रहेको छ ।
मलाई एक वचन पनि नसोधी एकपक्षीय रूपमा समाचार सामग्री लेखिएको छ भने मैले उक्त समाचार सामग्री प्रकाशन पश्चात पटक पटक प्रधान सम्पादकको फोनमा सम्पर्क गर्दा समेत फोन नउठाउनुले उक्त मिडियाले गलत गरेको बुझ्न सकिन्छ ।
मेरो धारणाः म कुनै पनि किसिमको गैरकानुनी जुवा कारोबारमा संलग्न छैन । मैले न त जुवा खेलाएको छु, न त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न छु । समाचारमा प्रस्तुत कथित । पात्रहरूसँग मेरो कुनै सम्बन्ध छैन । प्रहरीसँग मिलेमतो रहेको भन्ने दाबी पूर्णतः झुटा र अपमानजनक छ ।
प्रहरी प्रशासनको बदनाम गर्ने र सामान्य नागरिकको नाम जोडेर झूटा आरोप लगाउने कार्य आपराधिक हो । आधार प्रमाणबिना मेरो कसैमाथि बदनाम गर्नु कानुन विपरीत हो भने यसले सामाजिक र मानसिक रूपमा ठुलो क्षति हुन जान्छ । म एक जिम्मेवार नागरिक हुँ र कानून पालना गर्न प्रतिबद्ध छु । समाचारमा उल्लेखित कुनै पनि अवैध गतिविधिमा मेरो संलग्नता छैन भन्ने कुरा प्रमाणित गर्न म स्वतन्त्र छानबिनको माग गर्छु । समाचारले मेरो प्रतिष्ठा र सामाजिक साखमा ठुलो क्षति पुर्याएको छ । यस्तो भ्रामक र आधारहीन समाचारको कारण व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक सम्बन्धमा नकारात्मक असर परेको छ ।
राजकुमार अधिकारी राजकुमार अधिकारीका बारेमा यथार्थ यस्ता पनि छन् :
राजकुमार अधिकारीले जुवा लगायतका अवैध गतिबिधिमा संलग्न छैन भनेर खण्डनमा उल्लेख गर्नुभएको रहेछ । कपन बस्ने अधिकारीलाई अबैध जुवा खेलाउने क्रममा पटक–पटक प्रहरीले पक्राउ गरेको अभिलेख काठमाडौं उपत्यकाका प्रहरी प्रभाग, बृत्त र जिल्ला प्रहरी परिसरमात्र होइन उपत्यकाबाहिरका काभ्रेमा समेत पाउन सकिन्छ ।
प्रहरीले उनलाई जुवा अखाडाबाट पक्राउ गरेको बिज्ञप्तिका आधारमा धेरै संचारमाध्यमले प्रकाशित गरेका समाचार अर्काइभमा खोज्दा अहिले पनि पाउन सकिन्छ । उदाहरणका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २०७७ असार २ गते साँझ गोंगबु गणेशस्थानबाट जुवा खेलिरहेकै अवस्थामा १२ पेशेवेर जुवाडेहरुलाई पक्राउ गरेको थियो । जसमा उक्त घर भाडामा लिएर जुवा खेलाउने राजकुमार अधिकारीसहित पासिकोटकी ज्योति बानियाँ, ढुकुटी खेलाउने गंगा बस्नेत, माया बस्नेत, जोरपाटीका गेजी गुरुङ, उमेश तामाङ लगायत थिए ।
प्रहरीको अभिलेखमा अहिले पनि उक्त समाचार पाउन सकिन्छ । २०७६ मंसिर ८ गते प्रहरीले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट प्रहरीले साँढे ९ लाख रूपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको थियो । जुन जुवा पनि राजकुमार अधिकारीले नै खेलाएका थिए । उक्त जुवा अखाडाबाट पक्राउ २३ जना पक्राउ परे पनि खेलाउने अधिकारी भाग्न सफल भएका थिए ।
पक्राउ पर्नेहरुले राजकुमार अधिकारीले बनभोज जाने भनेर ल्याएर जुवा खेलाउने गरेको बयान दिएको अहिले पनि जिल्ला प्रहरी कार्यालयको अभिलेखमा पाउन सकिन्छ । राजकुमार अधिकारीले जुवा खेलाउने गरेको र प्रहरीलने पटक पटक पक्राउ गरेका पात्र हुन् भन्नेह प्रमाणका लागि गुगलबाट अर्काइभ सर्च गर्दा पनि धेरै संचारमाध्यममा समाचार भेटिन्छ । यो एक प्रतिनिधि उदाहरण हो । यस्ता धेरै उदाहरण प्रहरीका अभिलेख पल्टाउँदा भेट्न सकिन्छ ।
पछिल्ला दिनमा पनि राजकुमार अधिकारीले पेशेवर जुवा खेलाउने, हारे पैसा ब्याजमा दिने र चेक काट्न लगाई प्रहरीसँग मिलेर चेकको उजुरी परेको छ भनेर तर्साउँदै असुली गरेको पीडितको गुनासोका आधारमा समाचार लेखिएको हो । स्रोत र पीडितकै अनुरोधमा उनलाई असर पर्ने भएकाले नाम गोप्य राखिएको ब्यहोरा समेत अनुरोध गर्दछु । जुवा खेल्नु अपराधजन्य कार्य भएकाले नेपालफेसले त्यस्तो अपराध नहोस् भने ध्येयले समाचारमार्फत् त्यस्ता कार्य नियन्त्रणमा सघाउ पुगोस् भन्ने उद्देश्यका साथ समाचार लेखेको पनि प्रष्ट पार्न चाहन्छु । –सम्पादक
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend