Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभापति देउवासँग चिढिएका बालकृष्ण खाँण पुगे कोइराला निवास


    बुधबार, असार ३२ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कुनै समय सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण विराटनगरस्थित डा. शेखर कोइराला निवासमा आएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान कोइराला निवास आएका हुन् ।

    कोइराला निवासमा उनको उपस्थिति काँग्रेसको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ । सभापति देउवासँग चिढिएका खाँणले कोइराला निवासमै पत्रकार सम्मेलन पनि गरे । पत्रकार सम्मेलनमा गुट फेरेको नबताए पनि उनको उपस्थितिले कोइराला समूहका नेताहरू भने हर्सित बनेका छन् ।

    कृष्णप्रसाद कोइराला हुँदै बिपी र गिरिजा बसेको यो घर डाक्टर शेखर कोइरालाको भागमा परेको छ । कोइरालाले काँग्रेसभित्र इतर समूहको नेतृत्व गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार