Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • साढे २४ लाख घुससहित भक्तपुर मालपोत कार्यालय प्रमुख अख्तियारको नियन्त्रणमा


    मंगलबार, असार ३१ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगीलाई घुससहित नियन्त्रणमा लिएका छ ।

    भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई आज (मंगलबार) घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

    राउतको साथबाट २४ लाख ५० हजार रकम पनि बरामद गरेको अख्तियारले जनाएको छ ।

    मोही तल्सिङको मुद्दा मिलाउन प्रमुखसहितलाई दिनुपर्ने भन्दै घुस लिएका राउतलाई कार्यालयबाटै मंगलबार रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

    उदयपुरका आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुरका राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत बरामद गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार