काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आज सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८६ अंक अर्थात् १.३५ प्रतिशतले बढेर २७६२.५७ बिन्दुमा पुगेको छ ।
सोमबार भने नेप्से ३५.०९ अंकले घटेर २७२५.७१ बिन्दुमा बन्द भएको थियो । यसअघिका तीन कारोबार दिन भने नेप्सेमा दोहोरो अंकको वृद्धि भएको थियो ।
मंगलबार नेप्सेमा कुल ९ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल ७ अर्ब ९२ करोड र आइतबार ११ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार नेप्सेमा कुल २०९ कम्पनीको सेयर मूल्य बढ्दा ३९ कम्पनीको घटेको छ । आज नेप्सेमा सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक अर्थात् ८.०८ प्रतिशतले बढेको छ ।
आज बैंकिङ समूहको सेयर मूल्य १.९२ प्रतिशत, विकास बैंक समूहमा १.५९ प्रतिशत, फाइनान्स समूहमा १.८२ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.१५ प्रतिशत र जलविद्युत् समूहमा १.६७ प्रतिशतको सुधार आएको छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend